नियम ६५
धितो बन्धकहरूको रजिष्टर गराउने
समितिले कर्पोरेशनको सम्पत्तिमा खास असर पर्ने सबै धितो बन्धकहरू र व्ययभार हुने सबै रकमहरूको लिखत नेपाल सरकारबाट स्वीकृत ढांचामा रीतपूर्वकसित राख्न लगाउन पर्दछ र त्यस्तो धितो बन्धक र अरू रकमलाई नेपाल सरकारको सम्बन्धित विभागमा रजिष्टर गराउनु पर्छ । त्यस्तो धितो बन्धक र अरू रकममा कुनै हेरेर भएमा र त्यस्तो कुनै रकम भुक्तानी गरिएमा त्यसको सूचना कर्पोरेशनको तर्फबाट नेपाल सरकारको सम्बन्धित विभागलाई दिनु पर्छ ।